राजनीति

एमसीसी पास गर्न दिएको समयसीमा घर्किदै, आत्तिएका देउवाको दौडधुप, गठबन्धन धरापमा(भिडियोसहित)


काठमाडौँ–एमसीसी पास गर्न दिएको समयसिमा घर्किदै जाँदा सदन भने सर्दै आएको छ । जसरी पनि पास गराउने देउवाको प्रयास र विरोधमा देखिएको सत्ता घटककै कारण एमसीसी पनि अझ अनिश्चयको भूमरीतर्फ धकेलिदै गएको छ । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता अनुमोदन गर्न तोकिएको म्याद नजिकिदै जाँदा संसदमा भने छलफलको वातावरण बन्न सकेको छैन । सत्ता घटककै विवादका बीच जसोतसो सम्झौता टेवल भएपनि अव कसरी अघि बढ्ने भने अन्योल कायमै छ । देउवाले सभामुखबाट सैद्धान्तिक छलफलपछि स्वीकृतिका लागि संसदमा निर्णयार्थ पेस नहुने सुनिश्चितता खोजेका कारण संसद सर्दै आएको हो ।

संसदीय प्रक्रिया अनुसार टेबल भएको एमसिसीमा पहिला सैद्धान्तिक छलफल हुन्छ भने सो क्रममा सम्झौता प्रति उठेका प्रश्नमा अर्थमन्त्री वा सरकारका कुनै मन्त्रीले जवाफ दिनेछन् । त्यसपछि सभामुखले सैद्धान्तिक स्वीकृतिका लागि निर्णयार्थ पेस गर्छन् । यसका लागि ध्वनी मतको प्रयोग गर्ने गरिएकोमा सत्ता घटककै माओवादी यसको पक्षमा नरहँदा अघि बढ्न आँट देउवामा आएको छैन । जसले तोकिएको समयसिमा अर्घिकिदै गएको छ भने एमसीसी पनि प्रक्रियामा जान सकेको छैन । यद्यपी देउवाले दौडधुप भने कायम राखेका छन ।

शुक्रबार पनि संसद स्थगित भएपछि देउवासंग ३ दिन मात्र बाँकी छ । समयको यहि पावन्दीको कारण विहिवार संसद नै स्थगित गरेर देउवाले छलफललाई अघि बढाएका थिए । फलत ः प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओली हदैसम्म लचक बनेर छलफल गरे भने यसैले माओवादी र एकीकृत समाजवादीमा हलचल नै ल्याएको छ । तर झ्वाट्टै गठबन्धन नै छाडेर ओलीसंग मिल्न जाने आट पनि देउवाले गरेका छैनन् । जुन कदम आफ्नो पदकै लागि घातक हुने तथा भोली ओलीको ईशारामा चल्नुपर्ने डरले समय रहुन्जेल सत्ता गठबन्धनसंगै जाने विकल्प पनि देउवाले अघि बढाईरहेका छन । यहि परिस्थतीमा एकातर्फ मध्यमार्गी बाटोबाट जाउ पनि भन्ने अर्कोतर्फ विरोध पनि गर्ने सत्ता घटकका दलहरुको चरित्रले यसमा अझ जटिलता थपेको छ ।

प्रचण्डको दोधारे चरित्र त एमसीसी टेवलकै विषयमा पनि देखिएकै थियो । अहिले ओली–देउवा मिलनको संकेत देखेपछि एमसीसीप्रति सकारात्मक हुनसक्ने अश्त्र पनि प्रचण्डले फालिरहेका छन । यथास्थितिमा एमसिसी पारित गर्न नसकिने भए पनि सत्तारूढ गठबन्धन जोगाउनु पनि अहिलेको आवश्यकता रहेको माओवादीले निष्कर्ष निकालेको छ । यता देउवा भने कि एमसीसी कि गठबन्धन भन्ने अवस्थामा छन । तर ओलीको माग पुरा गरे संसद पनि चल्ने र एमसीसी पनि पास हुने सुविधा हुँदा पनि देउवा प्रचण्ड–माधव गलाउन सकिन्छ कि भन्नेमै देखिएका छन । एमसीसी अनुमोदनको विषय सुनिश्चित हुन सकेको छैन भने संसद खोल्ने अवस्था पनि सिर्जना भएको छैन । जसले देशको राजनीति अझ गन्जागोल बन्दै गएको छ ।