विदेश

यूक्रेनी राष्ट्रपति भन्छन्– मर्न तयार छु, तर देश छोड्दिन(भिडियोसहित)


काठमाडौँ–आक्रमण सूरु गरेको चौथो दिन पनि रुसले युक्रेनमा निरन्तर हमला गरिरहेको छ । यसविचमा रुसी सेना युक्रेनको राजधानी किभका सडकहरुमा देखिन थालेका छन् भने उनीहरुले युक्रेनलाई आत्मसमर्पण गर्न भनिरहेको छ । तर युक्रेनी जनता र राष्ट्रपति डटेर रुसको सामना गरिरहेका छन ।यतिवेला नेपाल जस्तै एउटा स्वतन्त्र राष्ट्र युक्रेन चरम संकटमा छ । गत विहिबार विहान देखी आफ्नै छिमेकी देश रुसका लाखौ सेनाले निरन्तर स्थल, हवाइ र सामुन्द्रीक मार्गबाट युक्रेनमा आक्रमण गरिरहेका छन् ।यसविचमा युक्रेनि जनता र राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशको सार्वभौमिकताको डटेर बाचाउ गरिरहेका छन । यति सम्म कि लगभग देशभर रुसी फौज फैलिएर आफ्नै ज्यान खतरामा पुग्दा समेत उनि देश छाड्ने पक्षमा छैनन् ।

सनिबार, अमेरिकाका राष्ट्रपति जो बाइडेनले आफ्ना युक्रेनि समक्षी जेलेन्स्कीलाई देश छाडेर आफ्नु देशमा आउन आग्रह गरे । तर जेलेन्स्कीले त्यसको जबाफमा आफु आफ्नै देशमा मर्ने तर भगौडा नहुने भन्ने प्रतिक्रीया दिए पछि भावनात्मक रुपमा विश्वभरका नगरिकले साहानुभुती दिइरहेका छन । साढे ४ करोड जनता भएको युक्रेनको समर्धनमा विश्वभर प्राथना भैरहेको छ । युक्रेनमा रुसले आक्रमण सुरु गरेपछि विश्वभर त्यसको विरोधमा प्रदर्शन भइरहेको छ । युद्ध रोक्न अपिल गर्दै प्रदर्शन भइरहेको हो । राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध रुसकै नागरिकले पनि प्रदर्शन गर्दै आएका छन् । हजारौँ नागरिक सडकमा ओर्लिएका त्यहाँको एउटा स्वतन्त्र मानव अधिकार समूहले जनाएको छ । त्यस्तै, युद्ध अन्त्यका लागि वार्ताको प्रयास युक्रेनले गरिरहेको छ । तर, रुसले युक्रेनले हतियार विसाए मात्र बार्ता गर्ने जवाफ फर्काएको छ ।

आक्रमणपछि ज्यान गुमाउने सैनिक र गैरनागरिकको फरक फरक विवरण सार्वजनिक भएका छन् । युक्रेनी रक्षा मन्त्रालयले अहिलेसम्म चार हजार जनाभन्दा धेरै रुसी सैनिक मारिएको समेत दाबी गरेको छ । यता रुसले युक्रेनको राजधानी किभ नजिक मात्रै दुई सय युक्रेनी सैनिक मारेको जनाएको छ । दुवैतर्फ ज्यान गुमाउनेको पूर्ण विवरण भने आउन सकेको छैन । आक्रमण नरोकिएसम्म आफूहरूले देशको रक्षा गरिरहने पनि युक्रेनी राष्ट्रपतिको भनाइ छ । युक्रेनले बेलायत तथा अन्य मित्रदेशलाई रुसी आक्रमण रोक्न सहयोग गर्न आग्रह पनि गरेको छ ।

अमेरिकाले रुसी आक्रमणका कारण ५० लाख मानिस विस्थापित हुने र त्यसले विश्वका ठूलामध्येको एउटा शरणार्थी सङ्कट सिर्जना गर्ने चेतावनी दिएको छ । यसैविच, संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषदमा रुसले भिटो पावरको प्रयोग गरेको छ । युक्रेनमा भएको आक्रमणबारे राखिएको प्रस्तावमा रुसले भिटो पावर प्रयोग गरी त्यसलाई रोकेको हो । प्रस्तावको पक्षमा ११ सदस्य देशले भोट गरेका छन् भने भारत, चीन र यूएईले मतदानमा भाग लिएनन् । युक्रेनमा रुसी आक्रमणलाई रोक्ने र सेनालाई फिर्ता बोलाउने विषयमा मतदान गराइएको थियो । रुस राष्ट्र सङ्घको सुरक्षा परिषद्का पाँच स्थायी सदस्यमध्ये एक हो । सुरक्षा परिषदमा रुससँगै अमेरिका, चीन, फ्रान्स र बेलायत रहेका छन् । उनीहरुसँग भिटो पावर प्रयोग गर्ने अधिकार छ ।