राजनीति

एमसीसी पारित गर्न सहयोग नगर्ने भए तत्काल सरकार छोड्न प्रचण्डलाई बाबुरामको चेतावनी


काठमाडौँ – सत्तासाझेदार जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले संसद्बाट एमसीसी पारित गराउन साथ नदिने भए तत्काल सरकार छोड्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गर्नु भएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष भट्टराईले संसद्बाट एमसीसी पास गर्ने बेला आफूहरु बाहिरिने भनेर लटरपटर कुरा नगर्न पनि दाहाललाई चेतावनी दिनु भयो । उहाँले एमसीसी सम्झौंता संसद्मा रहेको कुल सदस्य संख्याको स्पष्ट बहुमतबाट पारित गर्न साथ नदिए माओवादी केन्द्र सरकारबाट बाहिरिनु पर्ने र त्यसको ठाउँका अर्को पार्टी आउने दावी समेत गर्नु भयो ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले सरकारमा बसेर तर मार्ने अनि बाहिरबाहिर राष्ट्रवादी भनेर भित्रभित्र राष्ट्रघात गर्न माओवादी केन्द्रले नपाउने बताउनु भयो । उहाँले आफूहरु संसद्बाट स्पष्ट बहुमत पु¥याएर सो सम्झौंता पारित गराउन लागि परेको बताउनु भयो ।

एमसीसी मुलुकको समृद्धि र विकासका लागि पनि नेपालले पारित गरेर जानुपर्ने भट्टराईको तर्क थियो । उहाँले एमसीसी पारित नभए नेपाल चीन, भारत र अमेरिकाको भूराजनीतिक चपेटामा पर्ने खतरासमेत औंल्याउनु भयो । भट्टराईले भन्नु भयो, ‘मैले प्रष्ट ढंगले भनेको छु– संसद्मा पनि र बाहिर पनि मैले भनेको छु । फेरी पनि भन्न चाहन्छु– यो एमसीसी सहमतिबाट पछाडि हट्दाखेरी ठूलो संकट हामीसँग आईपर्दैछ । त्यसलाई राष्ट्रिय सहमति बनाएर जानुपर्छ । यसको निम्ति अव संसदमा स्पष्ट बहुमतले पारित गर्नुपर्छ ।

कोही मान्छे लटरपटर पारेर लौ यो हामी छोडिदिन्छौं, हामी चाँही बाहिर गईहाल्छौं । तपाई पास गर्नोस भनेर झिनो मतले अव संसदबाट उपस्थितिको बहुमत । संसदमा ६८ जना भए कोरम पुग्छ । त्यसको आधा ३५ हुन्छ । अनि, ३५ जनाले पारित गर्ने ? यस्तो महत्वपूर्ण मुद्धा । हुँदैन । संसदको अहिलेको संख्या २७५ हो । भलै २७१ संख्या छ । यसको आधा १३८ हुन्छ । १३८ भन्दा माथि पु¥याएर नै यसलाई पास गर्नुपर्छ । त्यो भन्दा तल लटरपटर कर्मकाण्ड गरियो भने जनतामाथि धोका हुन्छ ।

त्यसो गर्न पाईदैन । मेरो विनम्र आग्रह छ । खासगरी मेरा पुराना मित्र प्रचण्डजीलाई । कि त तपाईले यसलाई साथ दिनोस् १३८ पु¥याएर पारित गर्नोस् । होइने भने तपाई सत्तामा पनि बस्ने, तर पनि मार्ने अनि बाहिर चाँही राष्ट्रवाद भित्र चाँही राष्ट्रघात गर्न पाईदैन । पहिलो विकल्प, तपाईले साथ दिनुहोस् । होइन भने तपाई जानोस्, त्यसको ठाउँमा अर्को आउँछ । हामी बहुमत पु¥याएर पारित गर्छाै । हाम्रो स्पष्ट धारणा यो छ । लटरपटर कुरा हुँदैन ।’

भट्टराईले नेपालले चीन, भारत र अमेरिकालगायतका सबै देशको सहयोग लिएर मुलुकको विकास, समृद्धि र दीगो शान्तिका लागि काम गर्नुपर्ने दोहो¥याउनु भयो । उहाँले एमसीसी सम्झौंता आफ्ना लागि नभई राष्ट्रको हितमा भएकाले यसलाई पारित गर्न आफू लागि परेको बताउनु भयो ।