राजनीति

युक्रेनबाट नेपालले पाठ सिक्नुपर्छ: नारायणकाजी श्रेष्ठ


काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपालले आफ्नो भूराजनीतिक संवेदनशीलतालाई ध्यान दिँदै युक्रेनको घटनाबाट शिक्षा लिनुपर्ने बताएका छन् । यस प्रकरणमा अमेरिकाले युक्रेनको छिमेकी रुसबिरुद्ध युक्रेनलाई प्रयोग गर्न खोज्दा र युक्रेन त्यो भूमिकाको निम्ति तयार हुँदा आजको यो आक्रमण, युद्ध र अस्तित्व विसर्जनको दुःखद घटना उत्पन्न भएको नेता श्रेष्ठको भनाइ छ ।

श्रेष्ठले युक्रेन घटनाबाट कुनै पनि शक्ति राष्ट्रले आफ्नो रणनीतिक स्वार्थका लागि अर्को राष्ट्रलाई प्रयोग गर्न खोज्दा र त्यसलाई स्वीकार गर्दा साना राष्ट्रको अस्तित्व नै गुम्ने खतरा उत्पन्न हुन सक्ने रहेछ भन्ने शिक्षा प्राप्त भएको बताएका छन् ।