राजनीति

ओलीसँग वार्ता गर्नुअघि प्रधानमन्त्री आन्तरिक छलफलमा


काठमाडौँ – नेकपा एमालेसँग एमसीसीबारे निर्णायक वार्ता गर्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवा आन्तरिक छलफलको तयारीमा रहेका छन् । बालुवाटारमा नेपाली काँग्रेसका नेताहरुबीच अबको केही बेरमा बैठक बस्दैछ ।

प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायतका नेताहरु बैठकमा सहभागी हुँदैछन् । बैठकमा सहभागी हुन काँग्रेस नेताहरु बालुवाटार पुग्नेक्रम जारी छ ।

आजै ३ बजे काँग्रेस नेताहरु नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग एमसीसीका विषयमा छलफल गर्न बालकोट जाने छन् ।