राजनीति

एमसीसीमा बहुमत जुटाउन प्रधानमन्त्री देउवाको दौडधुप


काठमाडौँ – एमसीसीमा बहुमत जुटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले छलफललाई तिब्रता दिनुभएको छ । माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसीको विपक्षमा उभिएपछि प्रधानमन्त्री देउवाले एमालेसँग निरन्तर छलफल गरिरहनुभएकोछ ।

तर, एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गर्नुपर्ने र सभामुख अग्नी सापकोटालाई हटाउनुपर्ने अडान कायमै राखेको छ । माग पूरा गरेर एमसीसी संसद्बाट अनुमोदन गर्न सघाउने बचन एमाले अध्यक्ष केपी ओलीले दिनुभएको छ । निरन्तर छलफल भए पनि कांग्रेस र एमालेबीच सहमति जुटिसकेको छैन ।

एमसीसीकै कारण पाँच दलीय सत्तागठबन्धन भने संकटमा परेको छ । कांग्रेस जसरी पनि एमसीसी अनुमोदन गर्ने पक्षमा छ । माओवादी केन्द्र र एकीकृत समाजवादी संशोधनबिना एमसीसी अनुमोदन गर्न नहुने पक्षमा छन् । एमसीसीबारे जसपामा पनि विवाद छ । जनमोर्चाले भने एमसीसी सम्झौता खारेज गर्नुपर्ने बताउँदै आएको छ ।