राजनीति

राजनीतिक खोल अडेर प्रदर्शन गर्दा घुसपैठ, नेता स्वार्थमा–कार्यकर्ता बलिको बोका !


काठमाडौँ – राजनीतिक नेतृत्वले मुलुकलाई सही दिशा दिन आफू पनि सही भूमिकामा हुनुपर्छ ।तर आफ्नो स्वार्थ अनुकुल सडक र सदनलाई चलाउन खोज्दा अराजकता मात्रै मच्चिएको छ । फलतः नागरिकको भीडगुमराहमै परेर कुदिरहेको छ । संसद् र सडकलाई राजनीतिक स्वार्थमा प्रयोग गरिरहेकादलहरुले एमसीसी पासको उपयुक्त वातावरण नबनेपछिप्रतिनिधिसभाको बैठकलाई फागुन १५ गतेसम्म धकेलिदिए ।

तर न सडकमाचर्किएको आन्दोलन रोक्न कुनै भूमिका खेले, न एमसीसीबारे छिनोफानो लगाउन सके । फलतः तात्तिएको सडक निरन्तर बलिरहेको छ । शुक्रबार बिहानैदेखि ठुलो संख्यामा परिचालित सुरक्षा फौजले बानेश्वर क्षेत्रलाई निगरानी दिइरहेको थियो । दिउँसो एक बजे संसद् बैठकमा एमसीसीबारे निर्णायक छलफल हुनेभएपछि संसद् भवन बाहिरको माहोलपुनः तात्तिने अवस्थामा थियो । तर राजनीतिक दलहरुबीच नै सहमति नभएपछि बैठक स्थगित भयो ।यता तीनै दलका नेता कार्यकर्ताहरुले सडकमा कब्जा जमाइरहे ।

यतिबेला मुख्यतः नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेता कार्यकर्ता सडकमा छन् । यी दुई पार्टीको नेतृत्व गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल प्रधानमन्त्री देउवासँग स्वार्थ मिले एमसीसी पारित गराउने तयारीमा छन् । यसका लागि शुक्रबार मात्रै उनीहरुले एमसीसी पारित गर्न मतदान प्रक्रियामा सहभागि नहुने निर्णय गरेका छन् । जबकि मतदान प्रक्रियालाई बहिष्कार गरेर उनीहरु चुप बसिदिए संसद्मा उपस्थिति संख्याको बहुमतले एमसीसी पारित गर्न सक्नेछन् ।शिर्ष नेतृत्वको चलाखीलाई नबुझेका कार्यकर्ता सडकमा ‘बलिको बोका’ बनेका छन् ।

राष्ट्रहित विपरितका मुद्धामा सडकमा उर्लिएर नेतृत्वलाई दबाब दिनु जायज हो । यसका लागि स्वतन्त्र नागरिकको समूह पनि सडकमा छ । तर त्योभन्दा पनि घातक रुपमा दलीय स्वार्थले लिप्त नेता कार्यकर्ताले सडकमा घुसपैठ गर्न खोज्दा वातावरण अशान्त बनेको छ । त्यतिमात्रै होइन, तीनकुनेदेखि माइतीघरसम्मको क्षेत्र अस्तव्यस्त बन्दा यहाँको जनजीवन र व्यवसायिक क्षेत्र नै मारमा परेको छ ।

राजनीतिलाई सही दिशामा डो¥याउन र जनस्तरलाई सुसुचित गर्न आन्दोलन र अभियानको आवश्यकता छ । तर राजनीतिक दल आफुले सहमति जनाउँदै हस्ताक्षर धस्काउने तर कार्यकर्तालाई सही कुरा नबताएर प्रयोगमात्रै गर्ने अनि स्वार्थ पुरा भएपछिचुप बस भन्ने संस्कार नेपाली राजनीतिमा मौलाएको छ । कार्यकर्तालाई गुमराहमा राख्दै आफ्नो स्वार्थ एकातिर र व्यवहार अर्काेतिर गर्दा अन्धाधुन्धा नेताको प्रयोग बनेको जमातले सडकमा भने अराजकता नै मच्चाउने गरेको छ ।