राजनीति

प्रधानमन्त्री देउवा पुगे ओली निवास बालकोट


काठमडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा केपी ओलीको निजी निवास बालकोट पुगेका छन् । एमसीसीलाई लिएर उत्पन्न राजनीतिक विवादबारे छलफल गर्न प्रधानमन्त्री देउवा बालकोट पुगेका हुन् ।

उनीसँगै सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की पनि सहभागी छन् । कांग्रेसका अन्य शीर्ष नेताहरु पनि बालकोट तर्फ गएका थिए ।

नेताहरुबीच एमसीसी लगायत पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल केन्द्रित रहेको बुझिएको छ । यसअघि प्रधानमन्त्री देउवाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको हो ।