राजनीति

निर्वाचनमा गठबन्धनलाई उठ्नै नसक्ने गरी पराजित गर्ने ओलीको दाबी


काठमाडौँ – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनलाई उठ्नै नसक्ने गरी पराजित गर्ने बताउनुभएको छ ।

गठबन्धन पनि जोगाउने र एमसीसी पनि पारित गर्ने समझदारी भएको खबर पाएपछि आक्रोसित रुपमा प्रस्तुत हुनुभएका ओलीले एमसीसीबारे सरकारमा बस्नेहरुले आफूलाई ढुंगा हान्न लगाएको आरोप पनि लगाउनुभयो ।

पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले आफूहरु एकैचोटी ५ दलको गठबन्धनसँग नै चुनाव लड्न चाहेको बताउनुभयो । उहाँले वैशाख ३० गते एक झड्कामा गठबन्धनलाई ७ दिन उठ्नै नसक्ने पछार्ने दाबी पनि गर्नुभयो ।