राजनीति

एमसीसी पारित गर्न अमेरिकाले नेपाललाई धम्की दिइसकेको छ: नारायणकाजी श्रेष्ठ


काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसी पारित गर्न अमेरिकाले नेपाललाई धम्की दिइसकेको बताएका छन् । उनले नेपाली समाजलाई द्वन्द्वमा लैजाने भएकाले एमसीसी सम्झौता गर्न नहुने पनि बताएका छन् ।

उनले नेपाली समाजले एमसीसीलाई अस्वीकार गरेको बताएका छन् ।

उनले अमेरिकाले सम्बन्धमा पुनर्विचार गर्न थाल्छौँ भन्नु नेपालका लागि धम्कीसमेत भएको बताएका छन् । उनले अमेरिकाले एउटा सम्झौता हामीले पारित नगर्ने भन्दैमा अमेरिकाले धम्की दिन नमिल्ने पनि बताएका छन् ।

एमसिसी पारित गरेर नेपालको सार्वभौमसत्ताबारे सम्झौता गर्न नसकिने पनि उनले बताएका छन् ।