राजनीति

प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड बालुवाटारमा


काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । अध्यक्ष प्रचण्ड केही बेरअघि बालुवाटार पुगेका हुन् ।

अहिले अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री देउवाबीच एमसीसीको निकासका विषयमा छलफल भैरहेको छ ।

प्रचण्ड बालुवाटार प्रवेश गरेको केही बेरपछि अर्थमन्त्री एवम् माओवादी नेता जनार्दन शर्मा पनि प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।