राजनीति

प्रधानमन्त्रीसँगको छलफल लगत्तै आन्तरिक छलफलमा: अध्यक्ष नेपाल


काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफ्नै पार्टीका नेताहरुसँग आन्तरिक छलफलमा जुटेका छन् । आज प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटलगत्तै अध्यक्ष अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा शीर्ष नेताहरूसँग अनौपचारिक छलफलमा जुटेका हुन् ।

संसद्मा एमसीसीको विपक्षमा उभिने बताउँदै आएको एकीकृत समाजवादीले अहिले सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा छलफल चलाइरहेको छ । शुक्रबार बिहान धनगढीबाट काठमाडौँ आएलगत्तै अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर छलफल गरेका थिए ।

बालुवाटारबाट फर्केपछि नेपालले आफ्नै पार्टीका शीर्ष नेताहरूसँग छलफल थालेका हुन् । प्रधानमन्त्री देउवाले एमालेको समर्थनमा भएपनि एमसीसी संसद्बाट अनुमोदन गर्ने प्रयास गरेका छन् ।