काठमाडौँ – नेकपा माओवादी केन्द्रले सत्ता गठबन्धनलाई निरन्तरता दिन अन्तिम प्रयास गर्ने भएको छ । शुक्रबार प्रचण्ड निवास खुमलटारमा बसेको पूर्वस्थायी कमिटी सदस्यहरुको बैठकले गठबन्धनलाई निरन्तरता दिन अन्तिम प्रयास गर्ने निर्णय गरेको हो ।
बैठकले एमसीसीका सम्बन्धमा पार्टीले लिँदै आएको अडानलाई यथावत राख्ने निर्णय पनि गरेको छ । एमसीसीकै कारण गठबन्धन भत्किने अवस्थामा पुगेको छ भने नेपाली काँग्रेस र एमालेबीच सहकार्यको गृहकार्य भैरहेको छ ।


प्रतिक्रिया