राजनीति

यथास्थितिमा एमसीसी अनुमोदन गर्न सकिदैन: अध्यक्ष नेपाल


काठमाडौँ – सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा एमसीसीलाई अनुमोदन गर्न नसकिने बताउनुभएको छ । शुक्रबार कैलालीको धनगढीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यथास्थितिमा एमसीसी सम्झौतालाई संसदबाट अनुमोदन गराउन नसकिने अडानमा आफूहरु कायमै रहेको बताउनु भएको हो ।

एमसीसी सम्झौंताका कतिपय प्रावधानहरु आपत्तिजनक रहेको भन्दै उहाँले आफूहरुले ती प्रावधानहरुलाई सच्याउनका लागि बारम्बार कुरा राख्दा पनि सच्चिन नसकेको गुनासो गर्नु भयो । अध्यक्ष नेपालले नेपाललाई कुनैपनि सैन्य गठबन्धन र सुरक्षा रणनीतिको अंगको रुपमा समावेश गर्न नदिने बताउनुभयो ।

उहाँले छिमेकी देशहरुको सुरक्षामा असर पर्ने काम नेपालको भूमिबाट हुन नदिने पनि बताउनुभयो । उहाँले संसदमा टेवल गरिएको एमसीसीको सम्बन्धमा नेपालले कसैको दबाबबाट प्रभावित नभई स्वतन्त्र ढंगले निर्णय लिनुपर्ने बताउनुभयो ।