राजनीति

एमाले अध्यक्ष ओली आज पोखरा जाँदै


काठमाडौँ — पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन नेकपा ९एमाले० का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाँदैछन् ।

बिहान ११ बजे पोखरा पुग्नेगरी ओली पोखरा जान लागेका हुन् । ओली दिउँसो २ बजे काठमाडौँ फर्कनेगरी पोखरा जान लागेका एमाले कास्कीले जनाएको छ । विशेषगरी एमाले छाडेर माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा लागेका नेता कार्यकर्तालाई आफ्नो पार्टीमा भित्र्याउने उद्देश्यले ओली पोखरा जान लागेका हुन् ।

पहिले एमालेमै रहेका र जनजाति आन्दोलनको मुद्दा उठाउँदै अशोक राईहरुसँगै बाहिरिएका गणेशमान गुरुङ फेरि एमालेमै प्रवेश गर्दैछन् ।

जनता समाजवादी पार्टीका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश इन्चार्जसमेत रहेका गुरुङ एमाले प्रवेश गर्न लागेका हुन् ।

एकीकृत समाजवादी पार्टी रोजेका केही नेता कार्यकर्ता, विवेकशील साझा पार्टीबाट अलग्गिएकाहरू पनि एमालेमा प्रवेश गर्न लागेको उपसचिव आचार्यले बताए ।