राजनीति

जसपा केन्द्रीय कार्यकारी समितिको बैठक बस्दै, एमसीसीबारे छलफल हुने


काठमाडौँ — सत्तासाझेदार दल जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारी समितिको बैठक आज बस्दै छ ।

अध्यक्ष उपेन्द्र यादवले बिहान ११ बजे बस्ने गरी बैठक बोलाएका छन् । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बैठक बस्नेछ । बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता, स्थानीय तह निर्वाचन, पार्टीको विधान अधिवेशन, समसामयिक राजनीति परिस्थितिलगायत विषयमा छलफल हुने जनाइएको छ ।

एमसीसीका विषयमा अध्यक्ष यादव पक्ष मौन देखिएको छ । तर, जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई भने उक्त सम्झौतालाई संसद्बाट अनुमोदन गराउनुपर्नेमा पक्षमा खुलेरै लाग्दै आएका छन् ।