राजनीति

सहमतिमा मात्रै एमसीसी पास गर्नुपर्छ : अध्यक्ष नेपाल


काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले यथास्थितिमा एमसीसी पास नहुने बताएका छन् ।

कैलालीको धनगढीमा युवासङ्घ नेपालको प्रथम सुदूरपश्चिम प्रदेश भेलालाई बिहीबार सम्बोधन गर्दै उनले यथास्थितिमा एमसीसी पास गर्न नसकिने बताए । उनले एमसीसीका कारण देशमा राजनीतिक सङ्कट पैदा भइरहेकाले सहमतिका आधारमा मात्रै पारित गर्नुपर्ने धारणा राखे ।

अध्यक्ष नेपाललले आफ्नो पार्टीले एमसीसीका विषयमा सबै राजनीतिक दलका बीचमा गहन अध्ययन र छलफल भएर मात्रै अगाडि बढाउनुपर्ने बताएको जानकारी दिए ।