राजनीति

कांग्रेस-एमाले वार्तामा बस्दै


काठमाडौँ — अमेरिकी सहायता सम्झौता अनुमोदनका लागि प्रयासरत प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज (शुक्रबार) पनि प्रतिनिधि सभाको बैठक बस्नुअघि छलफल हुने भएको छ ।

नेकपा एमालेका स्थायी कमिटीका सदस्य शेरबहादुर तामाङका अनुसार आज पनि दुई पक्षबीच छलफल हुने तय भएको छ । समय र स्थान अहिले एकिन भइनसकेको जनाउँदै उनले भने, ‘हिजो राति भएको छलफलअनुसार आज थप बसेर निष्कर्ष निकाल्ने भन्ने छ।’

प्रधानमन्त्री देउवाले हिजो बिहीबार दिउँसो प्रतिनिधि सभाको बैठक रोकेर संसद् भवनमै रहेको एमाले संसदीय दलको कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीलगायत एमालेका शीर्ष नेतासँग छलफल गरेका थिए। त्यसपछि पुनः राति प्रधानमन्त्रीको सरकारी निवास ९बालुवाटार० मा पनि कांग्रेस र एमालेबीच वार्ता भएको थियो।