राजनीति

एमाले नेतासहित ओली पुगे बालुवाटार


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । संसद् भवनस्थित कार्यालयमा नेकपा माओवादी केन्द्रका नेताहरूसँग छलफल गरेर ओलीसहित नेताहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट्न बालुवाटार पुगेका हुन् ।

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहिताका शीर्ष नेताहरूअघि ओलीले देउवासँग छलफल गरेका थिए । उनीहरूबीच पुनः साँझ छलफल गर्ने सहमति भएको थियो ।

एमसीसी र सदन खुलाउने विषयमा छलफल हुन लागेको हो ।