राजनीति

गठबन्धन र सत्ता एमसीसी भन्दा माइनर: देउवा


काठमाडाैँ – अमेरिकी सहयोग परियोजना एमसीसी वारपारको अवस्थामा छ । एमसीसीकै कारण सत्तारुढ दल फुटको अवस्थामा पुगेको छ । एमसीसीबारे प्रष्ट धारणा भए गठबन्धन जोगाउन दोहोरो चरित्रमा देखिएका सत्तारुढ दल र शीर्ष नेतृत्व नै अब भने एमसीसीलाई लिएर सडकदेखि सदनसम्म पूर्ण विपक्षीको कित्तामा उभिएका छन । राष्ट्रिय मुद्धा बनेको एमसीसीका कारण सदन र सडक निरन्तर दवावमा छ ।

सत्तारुढ दल सहित एमसीसीको विपक्षीहरु निरन्तर सडक संघर्षमा छन । संसद भवन नजिकैको नयाँ बानेश्वर क्षेत्र आन्दोलन गर्ने थलो बनेको छ । सुरक्षाकर्मी र प्रदर्शनकारीबीचको झडप हरेक दिन थप अराजक र उग्र बन्दै गएको छ । जसरी पनि एमसीसी खारेज हुनुपर्ने प्रदर्शनकारीहरुको माग छ ।

सत्तामा रहे पनि एमसीसीको विपक्षीमा रहेको दलहरु अब विस्तारै एमसीसी विरुद्ध प्रष्ट रुपमा उभिन थालेका छन । सडकमा उत्रिएका सत्तारुढ दलकै नेताहरु यथास्थितिमा एमसीसी कुनै पनि हालतमा पास गर्न नदिने निर्णयमा पुगेको छ । सदन र सडकबाट मात्र होइन उपलब्ध हरेक मञ्चहरुमा एमसीसी विरुद्ध संघर्ष गर्ने निचोडमा पुगेका छन ।

सडकमा नेता कार्यकर्ता उतारेर विरोध गर्ने र सरकारमा पनि बस्ने, गठबन्धन जोगाउन दोहोरो भूमिकामा खेल्दै आएको नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादी अब पूर्ण रुपमा एमसीसी विरुद्ध उत्रिएका छन । सडकमा कार्यकर्ता उतारेर देउवासँग एमसीसीमा भाका सार्दै आएका थिए माधव प्रचण्ड देउवाको पेलानमा पर्दा अन्ततः देउवाको विपक्षी कितमा उभिन बाध्य भएका छन । दोस्रो तहका नेता, कार्यकर्ताको चेपुवा परेपछि प्रचण्ड माधव अब गठबन्धन नजोगिए पनि एमसीसी भने पास नगर्ने र विपक्षीमा मतदान गर्ने निष्कर्षमा देखिएका छन् ।

विहिबार प्रतिनिधि सभामा छलफलका लागि अघि सारिएको अन्तिम अवस्थामा माधव प्रचण्डले साथ नदिएपछि देउवाले संसद वैठक स्थगित मात्र गराएन संसद भवनमै एमालेको संसदीय दलको कार्यलयमा ओली सँग आफ्ना निकट नेताहरुबीच छलफल समेत गरे । पछिल्लो समय शिर्ष नेताहरुको कोठे बैठक तात्तिएको छ । सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरु अरु मुद्धामा संगै र एमसीसीमा फरक मत राखेर गठबन्धन अघि बढ्न नसक्ने प्रष्ट पारेका छन ।

पटक पटकको भेट र देउवाको प्राथकिमतामा ओली परेपछि जसरी पनि देउवाले ओलीको साथ खोजको प्रष्ट छ । हरेक पटकको भेटमा देउवालाई गठबन्धन छोड्न दवाव दिँदै आएको बताइन्छ । यदि देउवा गठबन्धन छोड्न तयार भए ओलिको साथ मिल्ने निश्चित छ ।