राजनीति

देउवालाई भेट्न बाबुराम बालुवाटारमा


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई बालुवाटार पुगेका छन् । बिहीबार साँझ देउवालाई भेट्न भट्टराई बालुवाटार पुगेका हुन् ।

एमसीसी सम्झौता संसद्बाट पारित गर्ने विषयमा सत्ता गठबन्धनको विवाद फुट नजिक पुगेसँगै भट्टराई बालुवाटार पुगेका छन् । एमसीसीलाई संसद्बाट अनुमोदन गर्ने विषमया सत्ता गठबन्धनभित्र एकमत छैन । जसपा अध्यक्ष भट्टराई एमसीसी अनुमोदन गर्नुपर्ने पक्षमा छन् । तर माओवादी केन्द्र , नेकपा(एस) भने अनुमोदन गर्न नहुने पक्षमा छन् ।

भट्टराईकै पार्टीमा पनि एमसीसीको विषयलाई लिएर एक मत भने छैन । भट्टराई पक्ष एमसीसी पारित गर्ने पक्षमा रहेको छ भने अर्का अध्यक्ष उपेन्द्र यादव पक्ष यसको विपक्षमा रहेको छ ।

एमसीसीको पक्ष÷विपक्षमा गठबन्धनकै दलहरू लाग्दा सत्ता गठबन्धन नै अघि बढ्न नसक्ने कांग्रेस सांसदहरूले बताइरहेका छन् । प्रधानमन्त्री देउवाले पनि प्रतिपक्ष दल एमालेको साथ खोजेका छन् । देउवा र भट्टराइबीच यिनै विषयमा छलफल भइरहेको बुझिएको छ ।