राजनीति

ओली र प्रचण्डबीचको बैठक सकियो,सहज ढंगले आफ्ना विचार राखेको प्रचण्डको भनाई


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुसहितका नेताहरूको छलफल सकिएको छ ।
दुई नेताबीच एमसीसी र सदन खुलाउने विषयमा छलफल भएको जानकारी प्राप्त भएको छ । ओलीसहितका नेताहरूसँगको छलफलपछि उनीहरुले आ–आफ्नो धारणा राखेको बताइएको छ ।

छलफलबारे प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका हुन् । उनका अनुसार अब प्रतिपक्ष र सत्तापक्षीबच संवादको सुरुवात भएको बताएका छन् ।

बिहीबार संसद् भवनस्थित एमालेका अध्यक्ष ओलीको कार्यकक्षमा भएको छलफलमा एमालेका तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखेल, उपाध्यक्ष विष्णु पौडेल, उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवास चन्द्र नेम्वाङ तथा माओवादीबाट प्रचण्डसँगै नेता नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक देव गुरुङ सहभागी थिए ।

एमाले र माओवादीका शीर्ष नेताहरूको भेटघाट हुनुअघि ओलीसँग प्रधानमन्त्री शेरबहादुर देउवाले छलफल गरेका थिए ।