राजनीति

स्थानीय तह निर्वाचनका लागि आयोगले माग्यो झण्डै ९ अर्व रुपैयाँ


काठमाडौँ – निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि अर्थ मन्त्रालयसँग ८ अर्ब ९५ करोड रुपैयाँभन्दा बढी बजेट माग गरेको छ । आयोगले २०७९ बैशाख ३० गर्ने हुन लागिरहेको स्थानीय तह निर्वाचनका लागि अर्थ मन्त्रालयसँग ८ अर्ब ९५ करोड २९ लाख ४ हजार रुपैयाँ माग गरेको हो ।

आयोगले बिहीवार गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै अयोगका सहायक प्रवक्ता सुर्य प्रसाद अर्यालले सो कुराको जानकारी दिनुभएको हो । आयोगका अनुसार स्थानीय तह निर्वाचन प्रयोजनका लागि दर्ता भएका दलको संख्या २९ पुगेको छ ।