काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा ७ हजार ७४३ जनाको नमुना परीक्षण गरिएकोमा ३१८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा थप १ संक्रमितको ज्यान गएको छ । यस्तै ५६२ जना संक्रमणमुक्त भएका छन् ।


प्रतिक्रिया