राजनीति

ओलीको क्याबिनबाट प्रचण्ड ‘इन’ देउवा ‘आउट’


काठमाडौँ – सत्तारुढ दल माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ । नयाँबानेश्वरस्थित संसद भवनमा रहेको ओलीको कार्यकक्षमा माओवादी केन्द्र अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भयो ।

देउवा निस्किएलगत्तै माओवादी केन्द्र अध्यक्ष प्रचण्ड ओलीको कार्यकक्षमा पुगेका थिए । एमसीसी, संसदको गतिरोध अन्त्यसहितका विषयमा शीर्ष नेताबीच भेटवार्ता भइरहेको छ ।

देउवा र ओलीबीच बेलुकी ७ बजे फेरि छलफल हुँदैछ । एमसीसीका कारण सत्ता गठबन्धन अघि बढ्ने सम्भावना कम भएको भन्दै देउवा छलफलमा लागेका हुन् ।