राजनीति

साँझ ७ बजे फेरि बस्ने गरि सकियो ओली–देउवा बैठक


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको छलफल सकिएको छ । आज संसद् भवनभित्र भएको कांगेस र एमालेको शीर्ष नेताहरुबीचको छलफल आज साँझ ७ बजे फेरि बस्ने गरि सकिएको हो ।

बैठकमा भएको छलफलबारे दुबै पक्षबाट गोप्य राखिएको छ । देउवा र ओलीबीच एमसीसी र संसद् सञ्चालनका विषयमा छलफल भएको थियो ।

संसद्को अवरोध खुलाउन सकारात्मक छलफल भएको थापाको भनाइ छ।

आजका लागि तय भएको संसद् बैठक स्थगित भएपछि बिहीबार दिउँसो साढे २ बजे संसद भवनमै काँग्रेस र एमालेबीच बैठक बसेको थियो ।