राजनीति

युक्रेनमाथि रुसले गरेको आक्रमणलाई लिएर नेपालले जनायो विरोध


काठमाडौँ – नेपालले युक्रेनमाथि रुसले गरेको शक्ति प्रयोगलाई लिएर विरोध जनाएको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै रुसी कदमको विरोध गरेको हो ।

संयुक्त राष्ट्र संघको सदस्यको हैसियतले नेपालले राष्ट्रसंघको बडापत्रमा उल्लेखित सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका सिद्धान्तहरूको पालना गर्न नेपालले रुसलाई आग्रह गरेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आज युक्रेनमा आक्रमण गर्न सेनालाई निर्देशन दिएपछि परराष्ट्र मन्त्रालयले सो विज्ञप्ति जारी गरेको हो ।