राजनीति

डेढ करोड बराबरको मेशिन प्रयोगविहीन


काठमाडौँ – सरकारी लगानीमा खरिद गरिएको डेढ करोड मूल्य बराबरको मेशिन भन्सार कार्यालय जमुनाहमा प्रयोगविहीन अवस्थामा रहेको छ । करिब ५ वर्षअघि खरिद गरि ल्याईएको ब्याग एक्सरे मेशिन सञ्चालनका लागि दक्ष जनशक्तिको अभावमा प्रयोगमा आउन नसकेको हो ।

सीमा सुरक्षाका लागि महँगोमा खरिद गरिएको सो मेशिन प्रयोगमा आउन नसक्दा सरकारको लगानी वालुवामा पानीझैं भएको छ । तर, नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जयबहादुर भण्डारीले भने भन्सारलाई प्रविधिमैंत्री बनाउन लागिएको बताउनु भयो ।

जमुनाह नाकाबाट बिभिन्न प्रकारका अबैध क्रियाकलाप हुने गरेतापनि त्यसका लागि भने कुनै सुरक्षात्मक प्रविधि नरहेको बताईएको छ ।