राजनीति

एमसीसीको विरुद्धमा रहेका प्रदर्शनकारी र सुरक्षाकर्मीबीच बानेश्वर क्षेत्रमा झडप


काडमाडौँ – एमसीसीको विरुद्धमा रहेका प्रदर्शनकारी र सुरक्षाकर्मीबीच बानेश्वर क्षेत्रमा झडप भएको छ ।

झडपसँगै यतिबेला बानेश्वर क्षेत्र तनावग्रस्त भएको छ । प्रदर्शनकारीले ब्यारिकेड तोडेर प्रहरीमाथि आक्रमण गर्न थालेपछि प्रहरीले लगातार अश्रुग्यास प्रहार गरी प्रदर्शनकारीलाई तितरबितर पारेको छ ।

सत्तारुढ दल माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएललगायत अन्य दलका कार्यकर्तामाथि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको हो ।