राजनीति

संसद् भवनभित्रै देउवा–ओलीबीच बैठक


काठमाडौँ – आज १ बजेका लागि तय गरिएको प्रतिनिधि सभाको बैठक स्थगित गरेर प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच संसद् भवनभित्र नै छलफल भएको छ ।

सत्ता गठबन्धनमा आबद्ध दलहरूले संसद्मा टेबल भएको अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता अनुमोदन गर्न सहयोग नगर्ने भएपछि देउवा–ओली संवादमा जुटेका हुन् । छलफलमा एमालेका तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल र काँग्रेसबाट सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र महामन्त्री गगन थापा पनि सहभागी छन् ।

बिहीबार बिहान नै प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पनि छलफल भएको थियो ।