राजनीति

बालुवाटारमा देउवा-प्रचण्डबीच सकियो वार्ता


काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुबीचको छलफल सकिएको छ ।

प्रतिनिधि सभा बैठक सुरू हुनुअघि प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ बीच भेट भएको हो । भेटमा प्रतिनिधि सभामा आज छलफलका लागि पेस हुने एमसिसीबारे कुराकानी भएको थियो । यसबारेमा के कुरा भयो भन्नेबारे भने बाहिर आएको छैन ।

बालुवाटार पुग्नुअघि प्रचण्डसहित एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतको छलफल भएको थियो ।