राजनीति

सार्वभौमसत्ता र लोकतन्त्र दुवै संकटमा : नारायणकाजी श्रेष्ठ (भिडियोसहित)

'समकालीन राजनीतिक नेतृत्व अपरिपक्व र कमजोर देखियो'


काठमाडौँ — लामो समयसम्म एमसीसीले डो¥याइरहेको राजनीति अब धुव्रीकरणतर्फ उन्मुख बनेको छ । एमसीसीका मुद्धामा सत्ता गठबन्धनभित्रको कित्ताकाट र प्रतिपक्षको बाग्रेनिङले नेपालको राजनीति अनिश्चयमा फसेको छ ।

एमसीसीका लागि प्रचण्ड र ओलीलाई सम्झाउने, बुझाउने अनुरोध गर्नेमात्रै होइन कि साथ लिएर वा साथ छोडेर भएपनि पास गरिहाल्ने मनस्थितिमा प्रधानमन्त्री शेरबहादुर देउवा छन् । त्यसकै लागि उनी ओली फकाउने र प्रचण्ड तर्साउने काम गरिरहेका छन् । विगत एकसातादेखि अबको एकसातासम्म नेपाली राजनीतिले यसैगरि समय विताउने छ ।मुलतः सहमति भए गठबन्धनकै बलमा नभए प्रमुख प्रतिपक्षलाई साथमा लिएर भए पनि देउवाले एमसीसी अनुमोदनको बाटो खोज्ने छन् ।यसका लागि सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षसँग समानान्तर संवादको नीति अख्तियार गरेका छन् ।र सबै दल र नेताहरुले अबको एकसाता‘कित्ता क्लिएर’ गर्नमा खर्चिनुपर्नेछ ।

सत्तागठबन्धनभित्र देउवाको पक्षमा जसपाको बाबुराम भट्टराई पक्षमात्रै उभिएको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा विपक्षमा छ भने जसपाको उपेन्द्र यादव पक्ष ठोस रुपले बोलेको छैन । यसै सन्दर्भमा योहो टेलिभिजनको ‘योहो बहस’ कार्यक्रम नेकपा (माओवादी केन्द्रका) नेता नारायणकाजी श्रेष्ठसँग गरिएको कुराकानी :