राजनीति

राजधानीको विभिन्न स्थानमा मसाल जुलुस


काठमाडौँ – एमसीसीको विरोधमा नेकपा माओवादी केन्द्रले मसाल जुलुस प्रदर्शन गरेको छ ।

माओवादीको भातृसंस्था अखिल क्रान्तिकारीले बुधबार साँझ नयाँ बानेश्वर, चाबाहिल लगायतका क्षेत्रमा मसाल जुलुस प्रदर्शन गरेको हो ।

त्यस्तै आजै मोहन वैद्य र नेत्रविक्रम चन्द नेतृत्वको माओवादी पार्टीले समेत मसाल जुलुस प्रदर्शन गरेको थियो। दुई पार्टीले संयुक्तरुपमा काठमाडौंको कालिमाटीमा मसाल जुलुस प्रदर्शन गरेको थियो।