काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार दश जनाको शव विदेशबाट ल्याइएको छ । विमानस्थल भन्सार कार्यालयका अनुसार ती सबै शवहरु मलेसियाबाट आएको हो ।
शवका बाकसहरु बाहिर ल्याउँदै गर्दा विमानस्थलमा रुवाबासीले सन्नाटा छाएको थियो । गोरखाको गण्डकी गाउँपालिका साँगली चोकका टकबहादुर आफन्त अनिल चेपाङको शव बुझ्न विमानस्थल पुगेका थिए। डेढ महिनाअघि मलेसियामा हृदयघातका कारण ज्यान गुमाएका उनको शव आज मात्रै नेपाल आइपुग्यो। शव ल्याउन पनि आफन्तहरुले ठूलै सकस व्यहोर्न पर्यो।
कम्पनीबाट भागेर अन्तै काम गरेकाले कुनै क्षतिपूर्ति नपाएका अनिलको शव ल्याउन आफन्तले परराष्ट्र मन्त्रालयलाई ठूलै हारगुहार गर्न गर्नु पर्यो । दश वर्षअघि एक छोरा र श्रीमतीलाई छोडेर मलेसिया उडेका अनिल सधैं टाँढिले गरी काठको बाकसमा फिर्ता भए ।


प्रतिक्रिया