राजनीति

संसद् बैठकमा उपस्थित हुन लोसपाको ‘ह्वीप’,एमसीसीको पक्षमा उभिने निर्णय


काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आफ्ना सांसदहरुका लागि ह्वीप जारी गरेको छ । बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकमा आफ्ना सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिँदै लोसपाले ‘ह्वीप’ जारी गरेको हो ।

बुधबार पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बसेको संसदीय दलको बैठकले आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थित हुन ह्वीप जारी गरिएको सांसद लक्ष्मणलाल कर्णले जानकारी दिए । उक्त बैठकले एमसीसी पक्षमा उभिने निर्णयसमेत गरेको बताइएको छ।

यद्यपि एमसीसीको विषयमा अन्तिम निर्णय गर्ने अधिकारी पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ । अध्यक्ष ठाकुरले संसद् बैठक सुरु हुनुअगावै आफ्ना सम्पूर्ण सांसदलाई निर्णय दिनेछन् ।

भोलिको प्रतिनिधिसभा बैठक एमसीसी सम्झौतामाथि छलफल हुँदै छ । सम्भव भए पहिलो नभए दोस्रो दिनको संसद् बैठकबाट एमसीसी अनुमोदन गराउने सरकारको रणनीति छ ।