पर्यटन

सोलुखुम्बुको थामेमा १९ दिने आइस तथा रक क्लाइम्बिङ सम्पन्न


काठमाडौँ — सोलुखुम्बुको खुम्बु पासाङल्हमु गाउँपालिका थामे आयोजित आइस र रक क्लाइम्बिङ तालिम सम्पन्न भएको छ ।

याम्बु ठामीछो किदुकद्वारा आयोजना १९ दिने आइस तथा रक क्लाइम्बिङ सम्बन्धी तालिम काठमाडौँमा एक कार्यक्रमबीच सम्पन्न भएको संस्थाका सचिव ङिमा तेन्जी शेर्पाले जानकारी दिनुभयो । तालिममा १५ जना प्रशिक्षार्थीले प्रशिक्षण लिएको शेर्पाले जानकारी दिनुभयो । शेर्पाका अनुसार आइस् क्लाइम्बिङको लागि थामे उपयुक्त स्थान रहेकाले हिमाल आरोहणको पूर्वतयारीका लागि तालिम दिइएको हो ।

हिमाल आरोहणको पूर्वतयारीका लागि आइस र रक क्लाइम्बिङ अनिवार्य मानिन्छ । आइस र रक क्लाइम्बिङका लागि सगरमाथाको काखमा रहेको थामेको हुँगा उपयुक्त रहेको शेर्पाले बताउनुभयो ।

हिमालै हिमालले घेरिएको सगरमाथासहित दर्जन बढि हिमाल र पिकहरु रहेको सोलुखुम्बुमा हिमाल आरोहणको अभ्यासका लागि थामे आकर्षक गन्तव्य बनेको छ । आइस र रक क्लाइम्बिङका लागि सोलुखुम्बुको भूगोल उपयुक्त रहेको सहभागीहरु बताउँछन् । सगरमाथा आरोहण अघि अधिकांशले यसै गाउँपालिकामा रहेका पिक आरोहण गर्ने गरेका छन् ।

हिमाल वा पिक आरोहण गर्नुपूर्व आइस र रक क्लाइम्बिङ अभ्यासका दृष्टिले महत्वपूर्ण मानिन्छ । थामेमा आइस र रक क्लाइम्बिङका लागि खुला गरिएपछि आरोहीहरुको आकर्षण बढेको छ । आरोहण सिकेर माउण्टेन गाइड बन्ने सपनालाई पनि यसले सहयोग पु-याउँछ ।

पर्यटन प्रवद्र्धन र आयश्रोत बढाउनसमेत यसले टेवा पु¥याउने संस्थाका अध्यक्ष मिङमा शेर्पाले बताउनुभयो । विश्वकिर्तिमानी आरोही तेन्जिङ नोर्गे शेर्पा र आङरिता शेर्पाको समेत जन्मथलो थामे रहेकाले उहाँहरुको सम्मानका लागि पनि कार्यक्रम आयोजना गरिएको अध्यक्ष शेर्पाले बताउनुभयो ।

याम्बु ठामीछोको आयोजना, नेपाल पर्वतारोहण प्रशिक्षक संघ र ठमिछ्होवा युवा समूहको समन्वयमा भएको कार्यक्रमको समापन कांग्रेस महामन्त्री गगन थापाको प्रमुख अतिथ्यतामा भएको थियो ।