राजनीति

ओली भेट्न बालकोट पुगे गृहमन्त्री खाण


काठमाडौँ — माओवादी अध्यक्ष प्रचण्ड भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा खुमलटार गएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गृहमन्त्री बालकृष्ण खाण बालकोट पुगेका छन् ।

एमसीसीमा सहमति जुटाउने अन्तिम प्रयास भइरहेका बेला गृहमन्त्री खाण ओलीनिवास बालकोट गएका हुन् । भेटमा सत्तागठबन्धन र एमसीसीबारे छलफल हुने बताइएको छ ।