राजनीति

लोसपा संसदीय दलको बैठक बस्दै


काठमाडौँ — लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलको बैठक आज बस्दै छ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बैठक बस्ने सांसद लक्ष्मणलाल कर्णले जानकारी दिए ।

बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी), महाअभियोग प्रस्तावलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । मंगलबार बसेको पार्टीका शीर्ष नेताहरूको बैठकपछि संसदीय दलको बैठक बोलाइएको हो ।

बैठकबाट एमसीसीका सम्बन्धमा पार्टीको आधिकारिक धारणा तय गर्ने तयारी छ । लोसपाका नेताहरू एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्ने सम्बन्धमा सकारात्मक देखिँदै आएका छन् ।