पर्यटन

मौसम : तीन दिन वर्षा–हिमपातको सम्भावना


काठमाडौँ — वर्षा र हिमपात गराउने पश्चिमी न्यून चापीय प्रणाली पुनः नेपाल प्रवेश गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पश्चिमी भेगमा यसको सामान्य प्रभाव सुरु भएको हो ।

जसका कारण पहाडी भेगमा मौसम आंशिकदेखि सामान्य बदली भई सुदूरपश्चिम प्रदेशको पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा भएको छ । देशका बाँकी स्थानमा भने मौसम आंशिक बदली रहेको जानकारी महाशाखाले आज (बुधबार) बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा दिइएको छ । ​

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ ।