राजनीति

एमसीसी फिर्ता लैजान अमेरिकासँग वामदेव गौतमको आग्रह


काठमाडौँ – राष्ट्रियसभा सदस्य तथा पार्टी एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले एमसीसी फिर्ता लैजान अमेरिकासँग आग्रह गरेका छन् । उनले आज एक विज्ञप्ति जारी गर्दै एमसीसी फिर्ता लैजान आग्रह गरेका हुन् । उनले आफूले यसअघि पनि एसमीसीलाई फिर्ता लैजान आग्रह गरेको पनि बताएका छन् ।

्मैले यसभन्दा पहिले पनि एमसीसी परियोजना फिर्ता लैजान अमेरिकी सरकारलाई विज्ञप्तिमार्फत अनुरोध गरेको भएपनि त्यो हुन नसकेको बताएका छन् । आफुले पनि अमेरिकी सरकारलाई विनम्रतापूर्वक यो परियोजना फिर्ता लैजान अनुरोध गौतमले बताएका छन् । यसबाट संसारको महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिका र कहिल्यै कसैको उपनिवेश हुन नपरेको गौरवगाथाले ओतप्रोत नेपाल राष्ट्रकाबीच रहेको अभूतपूर्व मित्रतापूर्ण सम्बन्धलाई अझै प्रगाढ र सुमधुर बनाउन सहयोग मिल्नेछ भन्दै गौतमले विज्ञप्ती निकालेका हुन् ।

त्यस्तै गौतमले एमसीसी सम्झौतालाई परिभाषित गर्ने संघीय कानुन नबनिरहेको र देशव्यापी रूपमा जनताले विरोध गरिरहेको अवस्थामा संसद्बाट अनुमोदन गराउन प्रतिनिधिसभासमक्ष प्रस्तुत गर्नाले पनि यो सरकार नेपाल र नेपाली जनताप्रति इमान्दार छैन भन्ने कुरा स्पष्ट भएको दाबीसमेत गरेका छन् ।