काठमाडौँ – नेपाल शेर्पा संघ सोलुखुम्बुका अध्यक्ष पासाङ काजी शेर्पा(पीके)को निधन भएको छ ।
हृदयघातका कारण शेर्पाको ४९ बर्षको उमेरमा आज (मंगलबार) दिउँसो निधन भएको पारिवारिक श्रोतले जनाएको छ । लामो समयदेखि मुटु रोगबाट पिडित समाजसेवी शेर्पा आज दिउँसो एक्कासी बेहोस हुनुभएको थियो ।
लगत्तै जिल्ला अस्पताल फाप्लुमा लगिएपनि उहाँको अस्पतालमै ज्यान गएको पारिवारिक श्रोतले जनाएको छ । शेर्पा यसअघि पनि हृदयघातका कारण बेहोस हुनुभएको थियो ।
सो समयमा उपचार पश्चात निको हुनुभएको पारिवारिक श्रोतले जनाएको छ । मृतक शेर्पा सदरमुकाममा सञ्चालित एक मात्र पेट्रोल पम्प दुधकोशी आयल स्टोर्सका सञ्चालक हुनुहुन्थ्यो भने अन्य सामाजिक कार्यमा समेत सकृय रहनुभएको थियोे ।


प्रतिक्रिया