राजनीति

लोसपामा फुट : बृशेषचन्द्र लाल र डा. विजयकुमार सिंहद्वारा पार्टी परित्याग


काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रिय कार्यकारणी सदस्यद्वय बृषेशचन्द्र लाल र डा. विजयकुमार सिंहले पार्टी परित्याग गर्नु भएको छ ।

मंगलबार जनकपुरमा पत्रकार सम्मेलन गरी नेताद्वय लाल र सिंहले लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेको घोषणा गर्नु भएको हो । लाल राष्ट्रियसभाका पुर्वसदस्य हुनुहुन्छ भने डा. सिंह संविधानसभा सदस्य हुनुहुन्छ ।

मधेश केन्द्रित दलहरुले मधेशको एजेन्डानै छाडेकाले मधेशी जनताको हितका लागि सो पार्टी परित्याग गरी तराई मधेश लोकतान्त्रिक पार्टीमा समावेश भएको दुवै नेताले बताउनु भयो ।

डा. सिंहले मधेसी जन विद्रोहबाट जन्मेका शक्तिहरु विस्तारै मधेश शब्दबाट बिमुख हुँदै गएको आरोप लगाउनुभयो ।