राजनीति

एमसीसीको विपक्षमा मतदान गरे गठबन्धनको औचित्य नै समाप्त हुन्छ : गगन थापा


काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धनले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीको विपक्षमा मतदान गरे गठबन्धन भत्किने चेतावनी दिनुभएको छ ।

मंगलबार दिउँसो चितवनस्थित भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै थापाले यस्तो बताउनुभएको हो । थापाले संसद्‍मा टेबुल भएको एमसीसीको विपक्षमा मतदान गरे गठबन्धनको औचित्य समाप्त हुने समेत बताउनुभयो ।

थापाले सरकारकै प्रस्तावका विपक्षमा मतदान गर्नु अनैतिक र अव्यवहारिक हुने बताउनुभयो । उहाँले सिंगो कांग्रेस एमसीसीको पक्षमा रहेको बताउनुभएको छ ।