काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज दोहोरो अंकको वृद्धि भएको छ ।
आज नेप्से १७.४२ अंकले बढेर दुई हजार सात सय ३५ दशमलब ९३ विन्दुमा पुगेको हो । सोमबार नेप्से २५.२१ अंकले बढेर दुई हजार सात सय १८ दशमलब ३१ विन्दुमा पुगेको थियो । त्यस्तै, आज कारोबार रकममा सामान्य वृद्धि भएको छ ।
आज ३ अर्ब २१ करोड २८ लाख बराबरको कारोबार भएको छ । सोमबार २ अर्ब ९९ करोड ७२ लाख बराबरको कारोबार भएको थियो ।
प्रतिक्रिया