राजनीति

सिबि गहतराजको अध्यक्षतामा सामाजिक एकता पार्टी घोषणा


काठमाडौँ – निर्वाचन आयोगमा दर्ता भएको सामाजिक एकता पार्टीको औपचारिक घोषणा भएको छ । आज काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा सिबि गहतराजको अध्यक्षतामा सामाजिक एकता पार्टी घोषणा भएको हो । घोषणा सभामा बोल्दै पार्टीका अध्यक्ष गहतराजे पार्टीमा २१ जना पदाधिकारी रहेको र १५१ जना केन्द्रिय समिति सदस्य रहेको बताउनु भयो ।

उहाँले पार्टीले एकताको सम्मान गरौँ समृद्ध नेपाल निर्माण गरौँ भन्ने मुल नारासहित पार्टी घोषणा भएको बताउनु भयो । अध्यक्ष गहतराजले पार्टीले आफ्नो मान्यता र उद्देश्य कार्यकारी राष्ट्रपति र पारदर्शी सुशासन भ्रष्टाचार मुक्त नेपाल बोकेको बताउनु भयो ।

घोषणासभामा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य रामहरि खतिवडाले नेपाली राजनीतिमा अहिले द्वेध चरित्रको विकास भइरहेको भन्दै यो परिपाटीलाई अन्त्य गर्नुपर्ने बताउनु भयो । केन्द्रिय सदस्य खतिवडाले नेपाली राजनीतिमा नेताहरुमा वचन र इमान्दारिताको खडेरी परेको उल्लेख गर्नुभयो ।