राजनीति

आजका लागि बोलाइएको मधेश प्रदेश सभाको बैठक बस्दै नबसी स्थगित


काठमाडौँ –आजका लागि बोलाइएको मधेश प्रदेश सभाको बैठक बस्दै नबसी स्थगित भएको छ । प्रदेश सभा सचिवालयका अनुसार फागुन २२ गते बस्ने गरी बैठक स्थगित भएको हो ।

नेपाली कांग्रेसको धनुषा जिल्ला अधिवेशन १५ फागुनमा हुँदैछ । त्यस्तै प्रदेश सभा सचिवालय प्राङ्गणमा कालोपत्रे भइरहेका कारण गाडी आउन नसक्ने भएकाले बैठक स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको हो ।

आजका लागिबोलाइएको बैठकमा प्रदेश प्रहरी ऐन कार्यान्वयनका लागि आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत साहले दर्ता गराएको संकल्प प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेको थियो