राजनीति

हामी एमसीसीको विपक्षमा मतदान गछौँ : गिरिराजमणि पोखरेल (भिडियोसहित)

'यो पूर्णरुपले मुलुकलाई राष्ट्रिको खेलमैदान बनाउने सम्झौता'


काठमाडौँ — तत्कालिन नेकपामा रहँदादेखि नै दोहोरो चरित्र देखाउँदै आएका प्रचण्डका लागि यतिबेला एमसीसीघाँटीमा अड्किएको तातो आलु बराबर भएको छ । उनी न निल्न सक्छन्, न ओकल्न सक्छन् ।

पार्टी फुटाउँदा प्रचण्डको साथ पाएका माधव नेपाल पनि प्रचण्ड जुनसुकै बेला ओलीसँग मिल्ने डरले देउवालाई एकमात्र विकल्प ठानिरहेका छन् । ओलीले दलको मान्यता नदिएको पार्टी जोगाउन मात्रै होइन एमालेका नेता कार्यकर्ता तान्नका लागि पनि नेपाललाई सत्तामा रहन आवश्यक छ ।

परिस्थितिअनुसार आफु र पार्टीलाई ढाल्न माहिर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लेएमसीसीमा अनेक रुप प्रदर्शन गरे ।आइतबारै बिहानै बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासँग ‘हँ म अँ’ मिलाएर सहमति जनाएका उनी सदनमा चुपचाप बसेँ । प्रचण्डको मौनताकै कारण देउवालाई संसद्मा एमसीसी टेबल गर्न सहज भयो ।जब उनी सदनबाट बाहिरीए फेरि एमसीसीका विपक्षमा रहेको भन्दै सन्देश प्रवाह गरे । यसै सन्दर्भमा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलसँग योहो टेलिभिजनको योहो बहस कार्यक्रम गरिएको कराकानी :