राजनीति

यसकारण देउवा ढुक्क, प्रचण्ड–माधवकै भोटले एमसीसी पास गर्ने, ओली सरकारमा जाने डरले बाध्य बने (भिडियोसहित)


काठमाडौँ – एमसीसी टेबल भएसँगै अनुमोदन हुनेमा प्रधानमन्त्री शेरबहादुर देउवा ढुक्क देखिएका छन् । उनलाई गठबन्धनभित्रकै प्रचण्ड–माधवले सघाउने अवस्था आएपछि देउवाका लागि थप सहज वातावरण बनिरहेको छ ।
दुःखका सय जंघार तरेर एमसीसी सम्झौता टेबल गराउन सफल भएका प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्बाट बाहिरीदै गर्दा भने, ‘अब ढुक्कले पास हुन्छ ।

’चौतर्फि विरोधका बाबजुद पनि प्रधानमन्त्रीको देउवामा देखिएको आत्मविश्वासले मुलुक अब एमसीसी पास गर्न अघि बढेको संकेत गरिरहेको छ । र यो सत्यलाई नेपालीले चाहेर वा नचाहेर स्वीकार्ने पर्ने अवस्था पनि छ । कहिले प्रचण्ड कार्ड त, कहिले ओली कार्ड खेलेकादेउवाले संसद्मा पेश भएसँगै अब अनुमोदनको विकल्प खोजिरहेका छन् । यसका लागिप्रचण्ड–माधव नै उनका सहयोगी बन्नेछन् । किनकि आफुले समर्थन नदिए देउवासँग मिलेर ओली सरकारमा आउँलान् र फेरि आफुलाई अफ्ठ्यारो पर्ला भन्ने डर बोकेर बसेका प्रचण्ड–माधवलाई बाध्य बनाएर एमसीसी पास गराउने रणनीति काँग्रेसको छ ।

एमसीसी अनुमोदनका लागि संसदको गणपूरक संख्याको सामान्य बहुमत भए र सभामुखको साथ पाए पुग्नेछ । जुन देउवा अनुकुल नै देखिएकाले सहजै पास हुने देखिन्छ । प्रतिनिधिसभामा हाल २७१ सांसद कायम छन । त्यसको एक चौथाइ भनेको ६९ जना हुन्छ । एमसीसी ध्वनी मतले पारित हुने हो भने उपस्थित संख्याको बहुमत अर्थात न्यूनतम संख्या उपस्थित भएमा ३५ जनाभन्दा बढी सांसदले हात उठाएर पक्षमा मत जाहेर गरेएमसीसी संसदबाट पारित हुनेछ । र यसका लागि हात उठाउनप्रचण्ड–माधव नै पुग्नेमा देउवा ढुक्क छन् । जसको सहमति यसअघि नै गरिएको छ ।

गत असार अघि ओलीलाई सत्ताबाट हटाउनका लागि प्रचण्ड–माधवले देउवासँग प्रस्ताव गरेका थिए । त्यतिबेलै देउवाले एमसीसी पास गराउने शर्तमा मात्रै आफुले सरकार र गठबन्धन गर्ने बताएपछि प्रचण्ड–माधव तयार भए । यसका लागि काँग्रेस नेता बालकृष्ण खाण र माओवादी नेता बर्षमान पुनको अगुवाइमा संकल्प प्रस्ताव लैजाने र एमसीसी पारित गर्ने निर्णय भएको थियो ।यसैकारण पनि प्रचण्ड–माधव भाग्न नसक्ने बुझेका देउवा ढुक्क अवस्थामा छन् भने काँग्रेसले अन्य दलसँग समेत माहोल बनाइरहेको छ ।

गठबन्धन जसरी पनि फुटाउने प्रमुख उद्देश्य बनाएका एमाले अध्यक्ष केपी शर्मा ओली पनिदेउवासँग नरम माधव–प्रचण्डसँग गरम हुँदै आएका छन् ।यसलाई समेत हतियार बनाएर एमसीसी पास गराउने देउवाको अर्काे रणनीति देखिन्छ । माधव–प्रचण्डलाई गठबन्धन फुटे प्रधानन्यायाधीशमाथि लगाइएको महाअभियोग विफल हुने र चोलेन्द्र सम्शेर राणा पुर्नबहाली हुने सशंय अर्काेतर्फ छ । खाली कागजमा सांसदको हस्ताक्षर गराएर बसेको एमालेलेसभामुखलाई महाभियोग लगाउन काँग्रेसको साथ खोजिरहेको छ ।

यता माधवसहितका १४ सांसदको मुद्दामात्रै होइन, देउवा–ओली मिल्दा उनीहरुको हैसियतकस्तो होला भन्ने दबाब पनि प्रचण्ड–माधवमा छ । यी सबै घटनाक्रमले गठबन्धन बाध्य भएर देउवालाई एमसीसी पास गर्न सघाउने स्थिति बनेको छ ।

२०५४ सालमा एमाले फुट्दा नेपाली काँग्रेसले बामदेव गौतमलाई काखीँ च्यापेर सरकारमा लिएको थियो । तर सात महिना नपुग्दै उनै गौतमलाई पत्तासाफ बनाएर काँग्रेसले एमालेसँग तालमेल ग¥यो । अहिलेका परिदृश्य पनि त्यस्तै देखिन्छन् । कतै प्रचण्ड–माधवलाई भित्तामा पु¥याएर काँग्रेसले एमालेसँग तालमेल त गर्दैन भन्ने सम्भावना पनि बलियो बनेको छ ।

यसबाहेक देउवालाई पार्टीले ज्यान फालेर साथ दिएको छ । यसअघि पार्टीका हरेक मुद्दामा फरक मत राख्दै आएको काँग्रेसभित्रको प्रतिपक्षले एमसीसी पास गर्न टाउको टेकेर देउवालाई साथ दिइरहेको छ । सबैतिरबाट अनुकुल बन्दै गएपछि तात्तिएको सडकलाई निरर्थक पार्दै देउवा एमसीसी अनुमोदन गर्न सफल हुने देखिन्छ ।