राजनीति

एमसीसीमा प्रचण्ड–माधवको उपद्रो, सडकमा रडाको मच्चाएर पास गर्न साथ दिँदै, सरकार छाड्न दवाब (भिडियोसहित)


काठमाडौँ – तत्कालिन नेकपामा रहँदादेखि नै दोहोरो चरित्र देखाउँदै आएका प्रचण्डका लागि यतिबेला एमसीसीघाँटीमा अड्किएको तातो आलु बराबर भएको छ । उनी न निल्न सक्छन्, न ओकल्न सक्छन् । पार्टी फुटाउँदा प्रचण्डको साथ पाएका माधव नेपाल पनि प्रचण्ड जुनसुकै बेला ओलीसँग मिल्ने डरले देउवालाई एकमात्र विकल्प ठानिरहेका छन् । ओलीले दलको मान्यता नदिएको पार्टी जोगाउन मात्रै होइन एमालेका नेता कार्यकर्ता तान्नका लागि पनि नेपाललाई सत्तामा रहन आवश्यक छ ।

परिस्थितिअनुसार आफु र पार्टीलाई ढाल्न माहिर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लेएमसीसीमा अनेक रुप प्रदर्शन गरे ।आइतबारै बिहानै बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासँग ‘हँ म अँ’ मिलाएर सहमति जनाएका उनी सदनमा चुपचाप बसेँ । प्रचण्डको मौनताकै कारण देउवालाई संसद्मा एमसीसी टेबल गर्न सहज भयो ।जब उनी सदनबाट बाहिरीए फेरि एमसीसीका विपक्षमा रहेको भन्दै सन्देश प्रवाह गरे ।

मुलतः एमसीसी संसद्मा पेश गर्ने दायित्व अर्थमन्त्रीलाई थियो । तर प्रचण्डको चलाखीले अर्थमन्त्री जनार्दन शर्मा संसद्मै उपस्थित भएनन् । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी पेश गर्दा प्रचण्डको अर्काे चलाखले जनतालाई नराम्ररी झुक्यायो ।आफुले समर्थन गरेको विषयमा प्रमुख सचेतक देव गुरुङलाई पार्टीको तर्फबाट सदनमै विरोध गर्न लगाए ।

त्यसअघि नै प्रचण्डले अर्काे चलाखी गरि भ्याएका थिए । सधैं सत्ता गठबन्धनको बैठकमा आफुसँगै लिएर जाने नारायणकाजी श्रेष्ठलाई आइतबार प्रचण्डले छुटाएका थिए । किनकि श्रेष्ठले गठबन्धनका बैठकदेखि सामाजिक सञ्जालमार्फत कुनै पनि हालतमा एमसीसी संसद्मा लैजान नहुने बताउँदै आएका थिए । अहिले प्रचण्डको निषेधमा परेपनि श्रेष्ठ पार्टीले तत्काल सरकार र गठबन्धन छोड्नुपर्ने मत राखिरहेका छन् ।

प्रचण्डको चलाखीले कतिसम्म काम गरेको थियो भने यसअघि ‘ज्यान जाला तर एमसीसी टेबल गर्दिन’ भनेका सभामुखसमेत आइतबार एकाएक यु–टर्न भए ।प्रचण्डकै योजना मुताविक सभामुखले एमसीसी टेबल गर्ने कार्यसूचीको निर्णय सुनाए । पार्टी प्रवक्ता तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई विज्ञप्ती नै निकाल्न लगाएर देउवाको विरोध जनाए र नेता कार्यकर्ताका आँखामा छारो भरिदिए ।दोहोरो अनि फोहरी चरित्र संसद्मा मात्रै देखिएन् । सडकमा टायर बाल्ने,प्रहरीमाथि ढुंगामुडा हान्ने, टाउका फुटाउने पनि सबैभन्दा धेरै माओवादीकै नेता कार्यकर्ता थिए ।

यतिसम्मको दोहोरो भूमिका खेलेर सडकदेखि सदनसम्म झुक्याउने प्रचण्ड जस्तै अर्का खप्पिस पात्र छन् माधवकुमार नेपाल । गठबन्धनमा ओके भनेर सदन छिरेका उनी बाहिरीदा एमसीसीमा हाम्रो समर्थन हुन्न भन्दै निस्किए ।

प्रचण्ड–माधव एमसीसीको विपक्षमा हो भने, सदनमै उभिएर यसको विरोध गर्नुपथ्र्यो । नभए ओलीलाई सत्ताबाट निकाल्दा जसरी सडकमा पलेटी कसेर विरोध गरेका थिए, त्यसैगरि सडकमा आउँदा जनताको पनि समर्थन पाउन सक्थे । तर संसोधन नभई पास हुँदैन भन्ने फण्डा फालेर जनता झुक्याउने काम गरिरहेका छन् । किनकि एमसीसी संसोधन हुँदैन भनेर अमेरिकाले दर्जनभन्दा बढी पटक स्पष्ट पारिसकेको छ ।अब उनीहरुले एमसीसी टेबल भएपनि भोट हालिन्न भन्ने भ्रम छरिरहेका छन् ।

तर देउवाको बलमिच्चाईमा एमसीसी टेबल भइसक्दासमेत सरकार र गठबन्धन छोड्ने आँट गरेका छैनन् ।फलतः यीनीहरुको द्वैद्यचरित्रकै फाइदा उठाएर नेपाली काँग्रेस ढुक्क भएर एमसीसी पास गर्ने वातारण बनाइरहेको छ ।

एमसीसीका कट्टर विरोधीझलनाथ खनाल र नारायणकाजी श्रेष्ठसँग संगठित शक्ति नभएपनि यो विचार बोक्नेनेताहरुको समूह पार्टीमा बलियो छ । यसैकारण पहिले गठबन्धन फुट्ने कि पार्टी भन्ने प्रश्न पनि देखिन्छ । यसले देउवासँगको यात्रातय गर्न माधव–प्रचण्डलाई पार्टीभित्रकै सन्तुलन नमिल्दा धक्का पुग्न सक्छ । तर दोहोरो भूमिकामा रहेका माधव–प्रचण्ड आफुलाई अनुकुल बनाउन जुनसुकै बेला जोसँग पनि फड्को मार्ने सक्ने आँकलन गरिएको छ ।