राजनीति

अमेरिकाले एमसीसी सम्झौंता संसदबाट पारित गराउन दवाव दिएको छैन : डा. प्रकाशशरण महत


काठमाडौँ – सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी सम्झौंता संसदबाट पारित गराउन अमेरिकाले दवाव नदिएको स्पष्ट पार्नुभएको छ ।

पूर्वपरराष्ट्रमन्त्री समेत रहनु भएका प्रवक्ता महतले एमसिसि सम्झौंता संसदबाट पारित गराउन सरकारलाई कुनै पनि प्रकारको दवाव नआएको बताउनुभएको हो । सोमबार काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले अमेरिकी सरकारले सम्झौंताको छिनोफानो गरिदिन भने नेपाल सरकारलाई आग्रह गरेको बताउनु भयो ।

प्रवक्ता महतले एमसीसी सम्झौंताबारे आवश्यक निर्णय लिन नेपाल आफैं सक्षम रहेको दावी समेत गर्नु भयो । उहाँले नेपालको स्वार्थ र हित अनुकूल हुने कुनै पनि प्रकारको प्रस्ताव स्विकार गर्न नेपाल सरकार तयार रहेको पनि बताउनु भयो । प्रवक्ता महतले एमसीसी नेपालको हितमा रहेको उल्लेख गर्दै संसदबाट पारित हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रवक्ता महतले चीनसँग सम्झौता गरिएको विआरआई परियोजना विस्तृत अध्ययन गरेर अघि बढाउने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । सो अवसरमा उहाँले चीन सरकारले प्रस्ताव गरेको सो परियोजना आफू परराष्ट्रमन्त्री हुँदा स्वीकार गरेको स्मरण पनि गराउनु भयो । प्रवक्ता महतले राष्ट्रको हितमा हुने कुनै पनि प्रकारको सम्झौंता स्विकार गरेर नेपाल सरकार अघि बढने पटकपटक दोहो¥याउनु भयो ।